नेपाल–भारतबीच पिटीएमा हस्ताक्षर

102
  •  
  •  
  •  

काठमाडौं, १९ भदौ (ओएनएस) : नेपाल र भारत वीच बिद्युत व्यापार सम्झौता (पीटीए)मा पारम्भिक सहमति भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न उर्जा सचिव स्तरीय बार्तामा पीटीए सम्वन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको हो ।

सहमति पत्रमा नेपालका तर्फवाट उर्जा सचिव राजेन्द्रकिशोर क्षेत्री र भारतीय तर्फवाट पीसी सिन्हाले हस्ताक्षर गरेका छन् । पीटीएको प्रारम्भिक सहमति अनुसार नेपालमा उत्पादित विद्युत भारत वाहेक अन्य मुुलुकमा पनि नेपालले वेच्न सकिने प्राबधान समेटिएको छ ।

यसअघि भारतले गरेको प्रस्तावमा भारतीय कम्पनीले मात्र नेपालमा उर्जा उत्पादन गर्न पाउने र भारतमै मात्र विद्युत बेच्नु पर्ने सर्त राखिएको भन्दै बिरोध भएको थियो । व्यबस्थापिका संसदको जलस्रोत समितिले नेपालको हित हुनेगरी पिटीए गर्न सरकारलाइ निर्देशन दिएको थियो ।

बिहिबार समिति बैठकमा उर्जामन्त्री राधा ज्ञवालीले उर्जा सचिवलाई नेपालको हित अनुकुल उर्जा व्यापार सम्झौत गर्न अख्तियारी दिइएको बताएकी थिइन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको समयमा ४५ दिन भीत्र उर्जा व्यापार सम्झौतग र्ने सहमति भएको थियो । नेकपा माओवादी लगायत साना वामपन्थी दलले पिटिएको बिरोध गरेका छन् ।


  •  
  •  
  •