सांसद भन्छन् : कृषिमन्त्रीले महाजात्रा गर्नुभयो

148
  •  
  •  
  •  

काठमाडौं , १६ असार (ओएनएस) : मंगलबार धान दिवसको दिन महिलालाई दुर्व्यवहार गरेको आरोप लागेका कृषिमन्त्री हरि पराजुलीको व्यवहारप्रति सांसदहरुले प्रश्न उठाएका छन् ।

बुधबार संसदको बैठक सुरु हुनासाथ दुई सांसदहरुले मन्त्रीको व्यवहार आपत्तिजनक भएको बताएका छन् । बैठकको सुरुआतमै समय लिएर बोलेका एमाओवादीका सांसद जनार्दन शर्माले कृषि मन्त्रीको व्यवहारले नेपालीको शीर निहुँरिएको बताए ।

कृषिमन्त्रीको व्यवहारबारे सरकारको जवाफ माग्दै शर्माले भने, ‘कृषिमन्त्रीले महाजात्रा गर्नुभयो, ठूलो पदमा बस्दैमा सार्वजनिक स्थालमा अभद्र ब्यबहार प्रस्तुत गर्नु निन्दनीय छ। ‘

यस्तै नेपाल मजदुर किसान पार्टीका सांसद अनुराधा थापा मगरले कृषिमन्त्रीको व्यवहारबारे आपत्ति जनाइन् । उनले कृषिमन्त्रीको हरकतको विरोध गर्दै कानुन बमोजिम कारवाही गर्न माग गरिन् ।


  •  
  •  
  •