कृषिमा आत्मनिर्भरको योजना ल्याउँछु : मन्त्री गजुरेल

359
  •  
  •  
  •  

Haribol-Gajurelभक्तपुर, ७ मंसिर(ओएनएस) : कृषि विकास मन्त्री हरिबोल गजुरेलले युवालाई विदेश जानबाट रोक्दै नेपाललाई कृषिमा नै आत्मनिर्भर बनाउने योजना वर्तमान सरकार ल्याउन लागेको बताएका छन् ।

रफत सञ्चार क्लबले गरेको साक्षत्कार कार्यक्रममा उनले युवालाई कृषिमा लाग्न उत्प्रेरित गर्दै नेपाललाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने वर्तमान सरकार हदैसम्म लचिलो बन्ने बताएका छन् ।

हरेक क्षेत्रमा माफियाहरुको चलखेलले देश तहसनहस पारेको भन्दै कृषि क्षेत्र पनि माफियाहरुको सञ्जालबाट अछुतो नरहेको र सुधारका लागि कुरो भन्दा पनि काम गरेर देखाउने गजुरेलले बताए । साना किसानलाई आधुनिकरण गरी ती किसानलाई सरकारले अनुदान दिने व्यवस्था सरकारले गर्न लागेको चर्चा गर्दै उनले भने, ‘प्राङ्गारिक मल किसानसँगै खरिद गर्दै वितरण गर्ने र अन्य मलको हाराकारको अवस्था यो वर्ष बेहोरनु पर्दैन ।’

उनले सरकारले किसानको कामको आधारलाई छनोट गर्दै विभिन्न खालका तालिम प्रदान गर्दै न्यूनतम एक वर्ष तालिम पश्चात कृषि मै काम गर्नु पर्ने अवस्था श्रृजना गर्ने र कृषि बिमालाई प्राथामिकता दिन थालेको बताए । उनले नेपालमा कृषि बजारको व्यवस्थापन गर्न नसक्दा किसानले भन्दा पनि बिचौलियाहरुले लाभ लिने गरेको भन्दै उनले भने, ‘अब कृषि उत्पादनका लागि सरकाले उचित बजारको र भण्डारणको व्यवस्थालाई बिशेष ध्यान दिएर काम अगाडि बढाउने छ ।’

सरकारले मधेस आन्दोलनको सम्बोधन गरी आमनागरिकलाई राहत प्रदान गर्नु पर्ने उल्लेख गर्दै दमनबाट मधेस आन्दोलनको समाधान नहुने बताए । नयाँ संविधान बन्यो तर व्यक्तिको आचरणमा परिवर्तन नभएको भन्दै व्यक्तिका आचारण परिवर्तन नभएसम्म संविधान बने पनि व्यवहारमा परिवर्तन सम्भव नभएको विचार व्यक्त गरेका छन् ।

भारतले गरेको नाकाबन्दी नेपालीका लागि मात्र नभएर भारतकै लागि अहित रहेको भन्दै उनले भने, ‘असल छिमेकीको भूमिकामा संविधान जारी पश्चात भारत प्रस्तुत हुन नसक्नुका पछाडी उसको मात्र दोष नभएर नेपालको आन्तरिक मामला समेत रहेको हो ।’

उनले बाबुराम भट्टराईले गठन गरेको नयाँ शक्तिले माक्सवादलाई अंगिकार गर्नु भन्दा पनि बिर्सजनवादतर्फ लागेको भन्दै नयाँ शक्ति निमार्णमा देखिएका मुहारहरू सबै पुरानै रहनुले पनि प्रष्टाएको बताए ।


  •  
  •  
  •