ऊर्जा मन्त्री अनुपस्थित भएपछि कृषि समिति बैठक रोकियो

148
  •  
  •  
  •  

radhaकाठमाडौं, १ फागुन (ओएनएस) : ऊर्जा मन्त्री राधा ज्ञवालीको व्यस्ताका कारण संसदीय समितिको कामकारवाही प्रभावित भएको छ ।

संसद्को कृषि तथा ऊर्जा समितिको शुक्रबार विहान आठ बजेका लागि बोलाइएको बैठक मन्त्रीको अनुपस्थितिका कारण स्थगित गरिएको हो ।

शुक्रबारको बैठकका लागि दोस्रो चौमासिक अवधिमा ऊर्जा मन्त्रालय अन्तर्गतको विकास बजेटको खर्चको अवस्थाका विषयमा छलफलका लागि बोलाइए पनि मन्त्री ज्ञवालीले विना जानकारी बैठकमा अनुपस्थित भएकी हुन् ।

‘मानीय मन्त्री ज्युको उपस्थितिविना व्यवस्थापिका संसद्को समिति बैठक बस्न सक्दैन’, समिति सभापति गगन थापाले बैठकको सुरुवातमै भने, ‘समितिको कामकारवाहीका कारण मन्त्रालयका कामकारवाही प्रभावित नहोस भनेर कतिपय बैठकमा ऊर्जा मन्त्रीको उपस्थितिविना पनि संचालन गरिएका थियौं त्यसलाई नजर अन्दाज गरेजस्तो देखिएको छ ।’

उनले शुक्रबारको बैठक मन्त्रालयको चालु खर्चको अवस्था, परियोजना निर्माण र बजेट काार्यान्वयनको अवस्था लगायतका विषयमा छलफल गर्न बोलाइएको र त्यसमा कर्मचारीलाई प्रश्न सोध्न र जवाफ पाउन पनि नसकिने भन्दै स्थगित गर्नुपरेको बताए ।

उनले भने, ‘मन्त्रीज्यु कुनै जानकारी विना नैं अनुपस्थित रहेकाले आजको बैठक संचालन हुन सक्दैन, किनभने हामीले प्रश्न सोध्ने मन्त्रीलाई हो र जवाफ दिने पनि उहाँले नै हो ।’ समितिको बैठक फागुन १० गते सम्मको लागि स्थगित भएको छ ।


  •  
  •  
  •