सुदुरपश्चीममा २० प्रतिशत खेत बाझै 

330
  •  
  •  
  •  

डोटी, १५ साउन (ओएनएस) : साउनको दोसा्रे सातासम्म सुदुरपश्चीममा झण्डै ८० प्रतिशत रोपाई सकिएको क्षेत्रिय कृषि निर्देशनालय दिपायलले जनाएको छ । निर्देशनालयका अनुसार ढिला गरी सुरु भएको मनसुनका कारण रोपाई पनि ढिला सुरु हुदा २० प्रतिशत खेत अझै बाझै रहेका हुन् । सुदुरपश्चीममा सबै भन्दा बढी कञ्चनपुर जिल्लामा ९८ प्रतिशत रोपाई सकिएको छ ।

असारको मध्यतिर रोपाई सकिनुपर्ने भएपनि यसबर्ष मनसुन ढिलो गरी सुरु भएकाले रोपाई ढिलो सुरु भएको थियो । डोटी र अछाममा ९० प्रतिशत रोपाई सकिएको निर्देशनालयले जनाएको छ ।यस्तै कैलालीमा ७५ प्रतिशत रोपाई सकिएको छ ।

ढिलो गरी रोपाई भएपनि धान उत्पादनमा भने कमी नआउने क्षेत्रिय कृर्षि निर्देशनालय डोटीका बरीष्ठ बागबानी अधिकृत राजेश केसीले जानकारी दिए ।


  •  
  •  
  •