बजेटमा कृषिलाई विशेष प्राथमिकता

319
  •  
  •  
  •  

काठमाडौं २९,असार (ओएनएस) । आर्थिक बर्ष २०७१\७२ को बजेटले कृषिलाई विशेष प्राथमिता दिएको छ ।

बजेटले रासायनिक मलका लागि ५ अर्व ४८ करोड रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै कम्पोष्ट मल उत्पादनका लागि कृषकलाई ५० प्रतिशत अनुदान दिने अर्थमन्त्री डा रामशरण महतले बताए ।
१ अर्व ७८ करोड कृषि अनुसन्धानमा विनियोजन गरेको छ । निर्यातजन्य बस्तुको निर्यातमा विशेष सहयोग पुर्याउने प्रतिवद्धता व्यक्त गरे ।

पूराना सिंचाइ प्रणालीको मर्मत सम्हार गरी पूनः सञ्चालनमा ल्याउने बताइएको छ ।

त्यसैगरी कम्तिमा ५० हेक्टरमा सिंचाइ गर्ने किसानलाई विशेष छुट दिने बताइएको छ । बजेटले सेती महाकाली सिंचाई विकास कार्यक्रम अन्तर्गत कार्यक्रमलाई निरन्तरता दिएको छ ।

निर्माणाधीन ३५ सिंचाइ आयोजनाको मर्मत सम्पन्न गरिने आगामी दिुई बर्ष भित्र थप ५० , सिंचाई आयोजना सञ्चलन गरिने भएको छ ।

सिंचाई आयोजनाका लागि १२ अर्व बजेट विनियोजन गर्ने बताइएको छ ।

त्यस्तै चिया उद्योगलाई प्रोत्साहन गरी निर्यातमा सहयोग गर्ने बताइएको छ । एक गाँउ एक उत्पादन कार्यक्रमलाई निरन्तरता दिएर विस्तार गर्ने महतले बताए ।


  •  
  •  
  •