आधुनिक कृषि प्रविधिमा जोड

517
  •  
  •  
  •  

काठमाडौं, २१ असार (ओएनएस) । कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन नयाँ प्रविधिको प्रयोगलाई जोड दिइने बताएका छन् ।

पारिवारिक खेती वर्ष २०१४ कार्यान्वयन समितिले शुक्रबार ललितपुरको चापागाउँमा आयोजना गरेको कार्यक्रममा पारिवारिक खेती वर्ष २०१४ निर्देशक समितिका संयोजकसमेत खनालले निर्वाहमुखी खेतीलाई अब व्यावसायिक बनाउने तयारीका साथ सरकार नयाँ प्रविधिको प्रयोगमा जोड दिने बताए ।

कम लगानीमा बढी उत्पादन गर्न सकिने खालका कृषि औजार भिœयाइने उनले जानकारी दिए । सचिव खनालले नेपालका ७५ वटै जिल्लामा सञ्चालन भइरहेको पारिवारिक खेती वर्ष अभियानले आम नेपालीलाई खेती कर्ममा लाग्न प्रेरित गरेको बताए ।

पारिवारिक खेती वर्ष २०१४ निर्देशक समितिका सदस्यसचिव खेमबहादुर पाठकले जग्गा बाँझो नराख्ने हो भने पनि ३० प्रतिशतभन्दा बढी खाद्य संकट समाधान हुने बताए । परिवारको ठूलो रूप एक समूह भएकाले व्यावसायिक खेतीको बाटोमा अघि बढेको नेपालजस्तो मुलुकमा पारिवारिक खेती वर्षको सान्र्दभिकता रहेको उनको भनाइ थियो ।

अर्गानिक, ताजा र आफ्ना लागि आफै उत्पादन हुने पारिवारिक उत्पादनलाई प्रोत्साहन गर्न सरकारले विशेष कार्यक्रम ल्याउनुपर्नेमा उनको जोड थियो ।


  •  
  •  
  •