जनतान्त्रिक पृथ्वी समूहसँग ४ बुँदे सहमति

291
  •  
  •  
  •  

काठमाडौं, २६ साउन (ओएनएस) : तराईमा सशस्त्र आन्दोलन गर्दै आएको जनतान्त्रिक तराई मुक्ति मोर्चा पृथ्वी समूहसँग ४ बुँदे सहमति भएको छ । संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति अन्तर्गतको वार्ता टोली र मोर्चाबीच जनकपुरमा भएको वार्तामा सोमबार सहमति जुटेको हो । सहमतिपत्रमा वार्ता टोलीका संयोजक आनन्द ढुंगाना र मोर्चाका तर्फबाट मोर्चाका संयोजक महाराज यादव (पृथ्वी सिंह) ले हस्ताक्षर गरेका छन् । संविधानसभाको वार्ता टोलीले संविधानसभा निर्वाचनमा भाग नलिइ तराइमा र पूर्वी पहाडमा सशस्त्र आन्दोलन गर्दै आएका विभिन्न समूहसँग वार्ता गरिरहेको छ ।4-point-agriment


  •  
  •  
  •