‘आइतबारसम्म मोर्चासँग सहमति’

211
  •  
  •  
  •  

विराटनगर, १८ पुस(ओएनएस) : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चासँग मधेस समस्याबारे आईतबारसम्म निकास पाउने दावी गरेका छन् ।

सुनसरीको इटहरीमा शनिबार आयोजना गरिएको १ नम्बर प्रदेशको प्रशिक्षण कार्यक्रममा सहभागी हुन विराटनगर विमानस्थलमा ओर्लिएका प्रचण्डले आईतबार व्यवस्थापिका संसदको बैठक बस्नुअघि मोर्चासँग मधेस समस्या हल हुने दावी गरेका हुन् । मधेसी मोर्चासँगको औपचारिक तथा अनौपचारिक छलफल सहमति नजिक पुगेको भन्दै मधेस समस्याले निकास पाउने बताएका छन् ।

एमाओवादी पार्टीले मोर्चालाई सहमतिमा ल्याउन पुलको काम गरेको भन्दै अध्यक्ष प्रचण्डले समावेशी समानुपातिक पद्दति, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्माण लगायतका विषयमा मोर्चा सहमति नजिक रहेको बताए ।

प्रचण्डले प्रदेशको सीमाङ्नकनको विषयमा उच्चस्तरीय राजनीतिक सयन्त्र निर्माण गरी आयोगमार्फत तीन महिनाभित्र राजनीतिक सहमतिका आधारमा काम गर्न सकिने जानकारी दिए ।


  •  
  •  
  •