अग्नी सापकोटाले भने ‘राजनीति विचौलियाको हातमा’

448
  •  
  •  
  •  

काठमाडौं, २७ भदौ (ओएनएस) : एकीकृत माओवादी लतायत विपक्षी दलको बिरोधका कारण व्यबस्थापिका संसद्को बैठक शुक्रबार लगातार छैटौं पटक अबरुद्ध भएको छ । शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न र संविधानमा सहमति कायम गर्न विगतमा भएको चार बुँदे सहमति कार्यान्वयनको माग गर्दै विपक्षीले संसद् अवरुद्ध गरेका हुन् ।

संसद्को शुक्रबार बसेको बैठकको सुरुमै सभामुखसँग समय लिएर एकीकृत माओवादीका अग्नी सापकोटाले सत्तारुढ दलहरु सहमति कार्यान्वयन गर्न राजी नहँुदासम्म संसद् चल्न नसक्ने बताए । उनले सहमति कार्यान्वयन गर्न प्रमुख दुई दल इमान्दार नबन्दा समस्या आएको बताए । ‘देशको राजनीति बिचौलिया, अर्थतन्त्र तस्कर र शान्ति सुरक्षा गुण्डाको हातमा पुगेको छ’ उनले भने । विपक्षी दलको अबरोधपछि संसद् बैठक आइतवार सम्मका लागि स्थगित भएको छ । संसद बैठक सुचारु गर्न सभामुखले पटक पटक सरकारको ध्यानाकर्षण गराए पनि संसद सुचारु गराउने विषयमा सत्तारुढ दल र विपक्षीबीच छलफल भएको छैन् ।


  •  
  •  
  •