काठमाडौ, ३१ साउन (ओएनएस) : एकीकृत नेकपा माओवादीका नेता अग्नी सापकोटाले मुलुकमा सरकार नै नभए जस्तो अवस्था भएको भन्दै सरकार अरु नै कुनै धन्दामा लागेको हो कि भन्ने आशंका भएको बताएका छन् । उनले अहिलेसम्म कुनै पनि नियूक्ती गर्न नसक्नु सरकारको कमजोरी भएको भन्दै सरकारको गति सुस्त भएको टिप्पणी गरे ।
रिपाेर्टर्स क्लबमा शनिबार आयोजित कार्यक्रममा उनले तत्काल सरकारले गति नबढाए आफूहरुले राष्ट्रिय सरकार गठनको पहल थाल्ने चेतावनी दिए । सापकोटाले भने, ‘यस्ता अवस्था रहे हामी यो सरकारको विकल्पमा राष्ट्रिय सरकार गठनको पहल थाल्छौं ।’
माघ ८ गते भित्रै संविधान जारी गर्ने गरी आफूहरु ईमान्दारिताका साथ लागि परेको दावी गर्दै सहमति गरेर संविधान निर्माणमा अघि बढ्नुपर्ने तर यसको लागि सरकारले आफ्नो गति बढाउनुपर्ने उनको तर्क थियो । उनले बाढी पहिरोले यति ठूलो क्षतिी हुँदासमेत सरकारको कुनै सक्रियता नदेखाएको आरोप लगाउँदै सरकार कहाँ छ भनि प्रश्न गरे ।
नेपाली कांग्रेसका नेता डा. प्रकाश शरण महतले बाढी पहिरो पीडितको उद्धार र राहतका लागि सरकारले सक्रियता देखाउन नसकेको भन्दै उनीहरुको बास्तविक तथ्याङक लिएर योजनाबद्ध रुपमा कामलाई अघि बढाउनु पर्ने सुझाव दिए । महतले भने, ‘राहत पु¥याउने ठाउँमा सरकारले तदारुकता देखाउनुपर्छ । ढिलासुस्ती गर्नु हुँदैन् । यद्धपी सरकारले आफ्नो ढंगले गरिरहेको छ ।’ विगतमा माओवादीको सरकारको चालढाल पनि आफूहरुले अनुभव गरिसकेकोले अहिले उसको सरकारको विरोधको औचित्य नहरको तर्क गर्दै महतले अहिले नै सरकारको विकल्प खोज्ने बेला भई नसकेको बताए ।
यसैबीच सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आउँदो मन्त्रीपरिषदको बैठकले सबै रिक्त मुलुकमा राजदुत नियूक्तीको निर्णय गर्ने बताएका छन । शनिवार आयोजना गरेको साक्षात्कारमा मन्त्री पण्डितले अघिल्लो मन्त्रीपरिषदको बैठकमा राजदुतको विषयमा छलफल भएकोले आगामि बैठकबाट निर्णय गर्ने स्पष्ट पार्दै २६ संविधानसभा सदस्य र संबैधानिक नियूक्तीको विषयमा पनि सो बैठकमा छलफल हुने जानकारी दिए । उनले संविधान निर्माण नभएसम्म सरकारको विकल्प खोज्न नहुने भन्दै सरकारको विकल्प खोज्न थाले संविधान नबन्ने ठोकुवा गरे । उनले भने, ‘अहिले संविधान निर्माण नहुन्जेलसम्म यो सरकारको विकल्प छैन । सरकारको विकल्प खोज्ने ताकत समेत प्रतिपक्षसँग छैन ।’