चीनसँग ४ बुँदामा सहमति

201
  •  
  •  
  •  

agni sapkota and jhang jinglongकाठमाडौँ, ३० पुस(ओएनएस) : चीन भ्रमणमा रहेका वनमन्त्री तथा एमाओवादी नेता अग्नी सापकोटाले आफ्ना समकक्षी झाङ जिनलोङसँग भेटवार्ता गरेका छन् ।

भेटवार्ताका क्रममा दुई देशबीच विभिन्न चार बुँदामा सहमति भएको वनमन्त्री सापकोटाले जनाएका छन् । चीनसँग भएका सहमति अनुसार चीनले काठमाडौं उपत्यकामा स्थापना गरिने प्राणी उद्यानका लागि आर्थिक तथा प्राविधिक सहयोग गर्ने भएको छ ।

यस्तै, वन्यजन्तुको अनुसन्धान कार्यलाई सहयोग पुर्‍याउन स्थापना गरिने विधि विज्ञान प्रयोगशालाको लागि आर्थिक तथा प्राविधिक रूपमा सहयोग सहमति दुई देशबीच भएको छ ।

चीनले नेपालमा सामुदायिक वन अन्तराष्ट्रिय केन्द्र स्थापना गर्न सहयोग गर्ने र तातोपानी–खासा र रसुवागढी–केरुङ सडकखण्ड स्तोरउन्नती गर्ने क्रममा पर्ने वातावरणीय प्रभावलाई मध्यनजर गर्दै ग्रिन इकोनोमिक कोरिडरका रुपमा विकास गर्ने नेपालको प्रस्ताव प्रति सकारात्मक हुदै दुई पक्षिय संलग्न एक प्राविधिक टिम गठन गरी सम्भावयता अध्ययन कार्य अघि बढाउने लगायतका अन्य महत्वपुर्ण विषयहरुमा सहमति भएको छ ।


  •  
  •  
  •