सहमतिमै संविधान जारी गर्ने प्रतिबद्धता आए बन्द रोकिन्छ : सापकोटा

235
  •  
  •  
  •  

Agni_Spktaकाठमाडौ, २४ चैत (ओएनएस) : एमाओवादीका नेता अग्नी सापकोटाले प्रधानमन्त्री सुशील कोइरालाले आफूहरु विगतका सम्झौताका आधारमा सहमतिमा संविधान जारी गर्न तयार रहेको प्रतिबद्धता ब्यक्त गरे बन्द रोकिने घोषणा गरेका छन ।

राजधानीमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री, संविधानसभाका अध्यक्ष र प्रधानन्यायधिस योजनाबद्ध ढंगले शान्ति प्रक्रिया भंग गर्ने योजनामा लागेको भन्दै यसको विरुद्ध सडकमा जानुको आफूहरुसँग विकल्प नभएको स्पष्ट पारे ।

उनले आफूहरु कुनै पनि हालतमा यथास्थितिमा आत्मसमर्पण गर्न तयार नरहेको स्पष्ट पार्दै विगतका सम्झौता कार्यान्वयन गरेर सहमतिमा संविधान बनाउने दिशामा अघि बढे समस्या समाधान हुने जिकिर गरे ।

सापकोटाले नेपाली जनताको अधिकार खोस्न आफूहरुलाई पेलेर जान खोजिएको दाबी गर्दै आर्थिक क्षतीको नाउमा चुप लागेर नबस्ने, मुलुकलाई बर्बाद हुन नदिने स्पष्ट पारे ।  सापकोटाले सरकार आन्दोलनकारी विरुद्ध पूर्ण दमनमा उत्रिएको भन्दै त्यसको प्रतिवाद गर्ने चेतावनी दिए ।

उद्योग मन्त्री महेश बस्नेतले सडकमा स्वच्छन्द ढंगले अराजकता मच्चाउने ढंगले बन्दकर्ताहरु अघि बढेकोले शान्ति सुरक्षा गर्ने दायित्व अनुसार सरकार अघि बढेको स्पष्ट पार्दै विपक्षी मोर्चाले आन्दोलन जारी राखे भोलीको दिनमा नेपाली जनताले किन भोट दिएछु भनेर धिक्कार्नेे अवस्था आउने चेतावनी दिए ।  संविधानसभाबाट मात्र सहमति खोज्न सकिने स्पष्ट पार्दै उनले सडक बन्द गरेर सहमतिको लागि दवाव नहुने स्पष्ट पारे ।

बस्नेतले भने–काग्रेस र एमालेसँग दुई तीहाई बहुमत भएपनि विपक्षीलाई बाईपास गरेर जाने पक्षमा छैनौ तर हामी धेरै दिन यसरी कुरेर बस्ने पक्षमा पनि छैनौ ।
विपक्षी मोर्चाको शैलीलाई माछो देख्दा दुलो भित्र हात, सर्प देख्दा दुलो बाहिर हातको संज्ञा दिदै जनता बन्दको पक्षमा नरहेकोले बन्द फिर्ता लिन उनले सुझाव दिए । बस्नेतले भने, ‘जनतामा अलोकप्रिय बन्द फिर्ता नलिए आफ्नै राजनीतिक भविष्य संकटमा पर्छ । टुडिखेलमा दुई चार हजार मानिस जम्मा गरेर केही हुँदैन । ‘

नेपाली काग्रेसका नेता चन्द्र भण्डारीले जनतालाई दुख दिएर आफ्नो दलीय स्वार्थ पुरा गर्ने प्रयास दलका नेतृत्वको जनावरीय सोच भएको भन्दै आमहडताल रोकेर यसको विकल्प खोज्नु पर्नेमा जोड दिए ।


  •  
  •  
  •