बम, बारुद, गोली जम्मा गरेर ५० वर्ष युद्ध लड्न तयार छौ : सापकोटा

81
  •  
  •  
  •  

Agni_Spktaकाठमाडौ, २९ पुस (ओएनएस) :  एमाओवादीका नेता अग्नीप्रसाद सापकोटाले आफूहरु बम, बारुद र गोलाबारी जम्मा गरेर अझै ५० वर्ष यूद्ध गर्न तयार रहेको चेतावनी दिएका छन् ।

राजधानीमा भएको एक कार्यक्रममा बोल्दै सापकोटोले काग्रेस र एमालेको महेन्द्रपथमा जाने प्रस्तावको अघि आत्मासमर्पण नगर्ने बताए ।

उनले काग्रेस र एमालेको नौ बुँदे प्रस्ताव अधिकारविहीन जनताको लागि नभई अभिजात बर्गको हितको लागि भएको भन्दै त्यसका विरुद्ध संविधानसभा भित्रै मर्न समेत तयार रहेको बताए ।

सापकोटाले भने–‘मेरो शरिरमा अझैसम्म पनि तीन गोली छ । अझै खान पनि तयार छु । अब संविधानसभा भित्र र बाहिर दुबैतिर वार–पारको लडाई लड्छौ । झुक्दैनौ, आत्मसमर्पण गर्दैनौ । सरकारी दमन बढेको हाम बलिदान दिन तयार छौ । तर पहिचान विरोधी संविधान मान्दैनौ ।’

उद्योगमन्त्री महेश बस्नेतले एमाओवादीलगायत ३० दलीय मोर्चाको आन्दोलन विखण्डनकारी हुटहुटी मात्रै भएकोले यसलाई जनताले नै असफल बनाईदिने ठोकुवा गरे । बस्नेतलेसक्ने भए सडकमा सम्पूर्ण जनता उतारेर देखाउन चुनौति दिदै सरकारले आन्दोलनको प्रतिरोध नगर्ने स्पष्ट पारे ।

उनले भने–‘प्रक्रियालाई आत्मसाथ गरेर माघ ८ गते कम्तिमा पनि मस्यौदा दिनुको विकल्प छैन, त्यसैले म विपक्षी दलहरुलाई समेत विखण्डनकारी सोच त्यागेर बार्तामा आउन आह्वान गर्छु ।’

नेपाली काग्रेसका नेता डा. प्रकाशशरण महतले संविधानबनाउने हो भने संविधान सभाभित्र रहेर बार्ता र छलफल गर्नुपर्ने भन्दै औचित्यहिन बन्द गरी सडकमा कराएर संविधान आउन नसक्ने चेतावनी दिए ।

महतले रोई कराई गर्दैमा केही नहुने भन्दै पर्दा पछाडि सत्ताको खेल राखेर बाहिर संविधानको अन्र्तबस्तुमा विवाद देखाएर लफ्फाबाजी गर्न खोजेको आरोप लगाए ।

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डेले संविधान जारी गर्ने समय अब दुई सय घण्टा मात्रै बाँकी रहेको अवस्थामा बन्द गरेर संविधान नआउने दावी गर्दै मुलुकमा आर्थिक क्रान्तिको जग बस्ने बेलामा बन्द हडताल उपयूक्त नभएको बताए ।


  •  
  •  
  •