प्रक्रियाबाट संविधान जारी गरे संविधानसभाबाट बाहिरिन्छौ : सापकोटा

173
  •  
  •  
  •  

agniकाठमाडौं, ९ पुस (ओएनएस) : एकीकृत माओवादीका नेता अग्निप्रसाद सापकोटाले सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेले गणितिय दम्भ देखाएर प्रक्रियाबाट संविधान जारी गरे आफूहरु संविधानसभाबाट बाहिरिने चेतावनी दिएका छन् ।

बुधबार राजधानीमा भएको कार्यक्रमा सापकोटाले जनतालाई अधिकार दिने कुरामा सत्तापक्षले कन्जुस्याँई गरेको भन्दै उनीहरुले तत्काल आफ्नो निर्णयमा पूर्नविचार नगरे देशले फेरि अर्को कोर्स लिने बताए । सापकोटाले काँग्रेस–एमालेले प्रक्रियाबाट संविधान जारी गरे आफूहरु टुलुटुलु हेरेर मात्रै नबस्ने बरु सशक्त प्रतिकारमा उत्रने चेतावनीदिए ।

उनले भने–‘हामीले विधि र प्रक्रियाको विरोध गरेका होईनौं, तर जनताको पूर्ण मुक्ति भन्दा माथि अरु केहीहुँदैन । अहिले काँग्रेस एमाले जनतालाई अधिकार दिनुको सट्टा मुलुकलाई पुरानै शासन व्यवस्थामा फर्काउन खोज्दैछन् ।’

सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेका नेताहरुले संविधान सभाभित्र र बाहिर रहेका ३० दलीयमोर्चाले घोषणा गरेको आन्दोलन तत्काल फिर्ता लिन आग्रह गरेका छन् ।

एमाओवादी मोर्चाले घोषणा गरेको आन्दोलनले मुलुकमा सहमति भन्दापनि द्धन्द्ध र मुठभेठमा लैजाने भन्दै आन्दोलन तत्काल फिर्ता लिई सहमतिमा आउनआह्वान गरेका हुन् ।

नेपाली काँग्रेसका नेता अर्जुनरसिंह केसीले एमोआवादी मोर्चाको आन्दोलनले मुलुकमा राजनीतिक ध्रुविकरण बढाउने भन्दै तत्काल आन्दोलन छाडेर वार्ता र सहमतिको टेबलमा आउन आह्वान गरेका छन् ।

नेकपा एमालेका नेताशंकर पोखरलेले पनि मोर्चाले तत्काल आन्दोलन फिर्ता लिनुपर्ने बताएका छन् । उनले मोर्चाले आन्दोल नफिर्ता नलिए संविधान बनाउने भन्दापनि नबनाउनेतर्फ उन्मुख रहेको साबित हुने आरोप लगाए ।


  •  
  •  
  •