सभामुख सापकोटाको आँखाको शल्यक्रिया

597
  •  
  •  
  •  

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ । उनको काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा दायाँ आँखाको शल्यक्रिया गरिएको हो । वरिष्ठ चिकित्सक डा.सन्दुक रुइतसहितको टोलिले आज बिहान १०ः३० बजे शल्यक्रिया गरेको हो ।

केही समययता उनको आँखामा समस्या देखिएको थियो । चिकित्सकहरुको सल्लाहमा आज शल्यक्रिया गरिएको हो ।
उपचारका क्रममा लागेको सम्पूर्ण खर्च राज्यकोषमा व्ययभार नपर्नेगरी सभामुख सापकोटा स्वयम्ले व्यहोरेका छन् ।
शल्यक्रिया पछि सभामुख सापकोटा आराम गरिरहेका छन् ।

सभामुख सापकोटाले शल्यक्रियामा संलग्न वरिष्ठ चिकित्सक डा.सन्दुक रुइतसहितको चिकित्सकको टोली र सिंगो तिलगंगा आँखा अस्पताल परिवारप्रति आभार व्यक्त गरेका छन् ।


  •  
  •  
  •