तराईमा भीषण आँधी : नाईट भिजन हेलिकप्टर तयारी अवस्थामा

मौसमले साथ दिएमा तत्काल उद्दार गरिने
527
  •  
  •  
  •  

काठमाडौं,१७ चैत(ओएनएस) : तराईका केहि जिल्लामा आइतबार साँझ आएको हावाहुरीले २५ जनाको मृत्यु भएको छ भने ४ सय भन्दा बढी घाइते भएका छन् ।

घाइतेको उद्दारका लागि नाईट भिजन हेलिकप्टर तयारी अवस्थामा राखिएको प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटमार्फत जानकारी गराएका छन् ।

ओलीले ट्वीटमार्फत भनेका छन्, ‘भोली बिहानबाट आवश्यक उद्दार र राहतका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । मौसमले साथ दिएमा तत्काल उद्दार गर्न काठमाडौंको एयर बेसमा ‘नाईट भिजन हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । सुरक्षाकर्मीसँगै उद्दारमा संलग्न रहन म, सिंगो पार्टी पंक्तिलाई आह्वान गर्दछु ।’

यो पनि हेर्नुहोस्

तराईमा भीषण आँधी : २५ जनाको मृत्यु, ४ सय जना घाइते


  •  
  •  
  •