काठमाडौं, ११ साउन (ओएनएस) : एक युवक २० वर्षका छन् र उनको तौल २ सय ५० किलोग्राम छन् भन्दा धेरैलाई पत्यार नलाग्ला । ती युवक हुन्, झेङ्ग हैङ्गजू जसको शरिरको तौल यति धेरै छ की उनी यताउता हलचल समेत गर्न सक्दैनन् ।
झेङ्गकी आमाले उनलाई ओछ्यानमा अर्कोतर्फ फर्कन सहयोग गर्छिन् । आफ्नो शरीरको उक्त अवस्थाका कारण झेङ्ग ज्यादादर समय ओछ्यानमा नै बिताउँछन् । चीनको लिओनिङ्ग प्रान्तमा बस्दै आएका झेङ्गकी आमाका अनुसार झेङ्ग जन्म देखी नै सेरेब्रल पल्सीदेखी पिडित थिए । यस्तो बिमारीको मष्तिष्कले राम्रोसँग काम गर्न सक्दैन ।
गर्भावस्थामा महिलाहरूद्धारा गलत औषधीको सेवन र उचित खान(पानमा ध्यान नसक्दा बच्चाहरू सेरेब्रल पल्सीको शिकार हुने गर्छन् । घरमा नै सन्तान जन्माउँदा पनि बच्चाहरू यस बिमारीको शिकार हुने गरेको चिकित्सकहरू बताउँछन् ।