अफगानिस्तानमा ट्रक बम विस्फोट, कम्तीमा १५ को मृत्यु

83
  •  
  •  
  •  

एजेन्सी । अफगानिस्तानमा बिहीबार ट्रक बम विस्फोट हुँदा कम्तीमा १५ जनाको ज्यान गएको छ भने कम्तिमा एकसय जना घाइते घएका छन् ।

बीबीसीले जनाए अनुसार दक्षिण अफगानिस्तानको कलात शहरस्थित एक अस्पताल अगाडि तालिबानले बम विस्फोट गराएको हो ।

घटनाको तालिबानले जिम्मा लिएको छ । उसले आफूहरुले अस्पताल अगाडिको सरकारी अनुसन्धान कार्यालयलाई निशाना बनाएको जनाएको छ ।

सो घटनामा विस्फोटक पदार्थले भरिएको एउटा ट्रक प्रयोग भएको रक्षा मन्त्रालयका एक वरिष्ठ अधिकारीले राजधानी काबुलमा समाचार संस्था रोएटर्सलाई बताएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार कालात सहरमा भएको उक्त विस्फोटनमा हताहत हुनेमध्ये धेरैजसो चिकित्सक र बिरामीहरू छन् ।

पूर्वी अफगानिस्तानमा इस्लामिक स्टेट लडाकुहरूप्रति लक्षित अर्को एक हवाई आक्रमणमा कम्तीमा १५ सर्वसाधारण नागरिकको ज्यान गएको बताइएको छ ।

गत महिना कम्तीमा ४७३ नागरिकहरूले विभिन्न घटनामा परेर ज्यान गुमाएको विवरण बीबीसीको एउटा खोजले देखाएको छ ।

अगस्ट महिनामा कम्तीमा २३ सय सात जनाले ज्यान गुमाएको पुष्टि भएको छ । ज्यान गुमाउने पाँच जनामध्ये एक जना गैरसैनिक रहेका छन् ।


  •  
  •  
  •