आगामी ४ वर्षभित्र देशमा कायापलट हुनेछ : अध्यक्ष दाहाल

332
  •  
  •  
  •  

रौतहट, २५ फागुन(ओएनएस) : पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीको माथिल्लो तह यसअघि नै एकीकरण भइसकेको र केही समयभित्रै सम्पूर्ण तल्ला तह एकीकरण हुने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ द्धारा रौतहटको गरुडामा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रचण्डले मधेसमा सरकारको बाँकी ४ वर्षभित्र नेकपाले दुईतिहाई मात्र होइन ८० प्रतिशत मत प्राप्त गरेर ठूलो पार्टी बन्ने दावी गरे ।

अहिले पनि नेकपा प्रदेश २ को सबैभन्दा ठूलो पार्टी भएको कुरा नबिर्सिन पनि पार्टी कार्यकर्तालाई उनले आग्रह गरे ।
कार्यक्रममा उनले राजतन्त्र र सामन्तवादविरुद्ध किसान आन्दोलन रौतहटबाटै सुरुआत भएको बताए ।
कम्युुनिष्ट पार्टीको अगुुवायीमा राजतन्त्रको अन्त्य, नयाँ संविधानको निर्माण र संघीयतासहित देशमा स्थानिय तह बनेको अध्यक्ष दाहालको भनाइ छ ।

आगामी ४ वर्षभित्र देशको कायापलट हुने र १० वर्षभित्र नयाँ नेपाल बन्ने अध्यक्ष प्रचण्डले विश्वास व्यक्त गरे ।
कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले देशमा दुुई कम्युुष्टि पार्टी मिलेर एक भएको अवस्थामा वर्तमान सरकार जातपातको आधारमा नभई जनताको अभिमत अनुुसार विकासको काममा लागिरहेको बताए ।
नेता नेपालले अन्य केही दल देश लुट्ने र कम्युनिष्ट पार्टी देश बनाउने जिम्मा लिएर अघि बढिरहेको जिकिर गरे ।

प्रदेश २ मा पनि नेकपाको बहुमत रहेपनि केही समयका लागि प्रदेशको विकास गर्न अन्य दललाई जिम्मा दिएको उनले बताए ।

कार्यक्रममा प्रदेश २ का अध्यक्ष सांसद प्रभुु साहको सभापतित्वमा सम्पन्न आमसभामा मन्त्री रघुुविर महासेठ, पार्टी केन्द्रिय सदस्य युवराज भटराई, संघीय सांसदहरु, प्रदेश सांसदहरुको सहभागीता रहेको थियो ।


  •  
  •  
  •