आगलागी हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

59
  •  
  •  
  •  

काठमाडौं । काठमाडौंको कपन बालुवाखानी चोकस्थित नारायण बहादुर बस्नेतको घरमा सोमबार राति आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

प्रतिकात्मक तस्बिर

बस्नेतको चारतले घरको पहिलो तलामा डेरा गरी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका(५ घर भएका कृष्ण बहादुर तामाङको कोठामा विद्युत सर्ट भई आगलागी हुँदा उनको जलेर मृत्यु भएको हो।

घटनामा मृतककी ३५ वर्षीय बहिनी बिपना तामाङ र उनका ११ महिनाका छोरा दावा तामाङ जलेर घाइते भएका छन्। उनीहरूको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार बिपना तामाङको शरिरको विभिन्न भागमा ३० प्रतिशत जलेको छ भने दावा तामाङको शरिरको विभिन्न भागमा १२ प्रतिशत जलेको छ। बिपना दाजुसँग तिहार मनाउन आएकी थिइन्।


  •  
  •  
  •