गोंगबुको ग्यारेजमा आगलागी, ८ वटा माइक्रो बस जलेर पूर्णरुपमा क्षति

605
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं गोंगबु बसपार्क नजिकै रहेको एक ग्यारेजमा आगलागी हुँदा ८ वटा माइक्रो बस पूर्णरुपमा क्षति भएको छ । ग्यारेजमा बिहान करिब ३ बजेतिर आगलागी भएको हो ।

सुरुमा एउटा आगलागीका कारण अरु ४ वटा माइक्रोमा भने सामान्य क्षति पुगेको छ । लामो समयदेखि जारी लकडाउनका कारण चल्न नपाएका माइक्रोबस रोकेर राखेको अवस्थामा आगलागी भएको हो ।

बसमा आगो कसरी सल्कियो भन्ने खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आगलागीबाट बा ४ ख ४०९, बा २ क २०८०, बा १ ज ९६०३, बा १ ज ९४९८, बा २ छ १०९६, बा ३ ख ८५८९, बा ४ ख २४० र ग १ ज २०४६ नम्बरको माइक्रोबस पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

यस्तै बा २ ख ४१७९, बा ४ ख २२६४, बा ३ ख ९००३ र बा १ ज ९६०० नम्बरको माइक्रोबस आंशिक रुपमा जलेको प्रहरीले जनाएको छ ।

गँगबुबाट गएको प्रहरी टोली र स्थानीयवासीले दमकलको सहयोगमा राति नै आगो नियन्त्रणमा लिएका थिए ।


  •  
  •  
  •