आगलागीमा १६ घरगोठ जलेर नष्ट

353
  •  
  •  
  •  

कपिलवस्तु, ८ चैत(ओएनएस) : कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ६ पैकी वण्डामा आगलागीबाट १६ घर गोठ जलेर नष्ट भएको छ ।

शुक्रबार दिउँसो स्थानीय बुधई कुर्मीको गोठबाट सुरु भएको आगलागीमा वरपरका अन्य ११ घर र ५ गोठसमेत जलेर नष्ट भएको वडा प्रहरी कार्यालयले जानकारी दिएको छ ।

आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । आगलागीबाट झण्डै ५४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

आगलागी नियन्त्रण गर्ने क्रममा स्थानीय ४० वर्षीय सनिउल्लाह मुसलमान जलेर सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट एउटा गाई जलेर मरेको छ भने दुइटा गोरु घाइते भएका छन् ।  आगलागीलगत्तै कपिलवस्तु नगरपालिका र कृष्णनगर नगरपालिकाको २ वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा २ घण्टा पछि आगो नियन्त्रणमा लिएको थियो ।


  •  
  •  
  •