आगलागीबाट दश लाखको क्षति

290
  •  
  •  
  •  

दाङ, ७ चैत(ओएनएस) : दाङको लमही नगरपालिका ३ टिकुलीगढस्थित बनाना कटेजमा आगलागीबाट कटेज जलेर नष्ट भएको छ ।

बुधबार राति करिब सवा ९ बजेतिर शिशिर केसीले संचालन गरेको कटेजमा विद्युत सर्ट भई आगलागी भएको हो ।
आगलागीबाट कटेज पुर्णरुपमा नष्ट भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

आगलागीबाट १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •