आगलागीबाट १० घर जलेर नष्ट

307
  •  
  •  
  •  

पाँचथर, ३ चैत(ओएनएस) : पाँचथरको हिलिहाङ गाउँपालिका–३ डाँडेको रमिते भन्ने भिरमा लागेको आगो गाउँ पस्दा ६ घर जलेका छन् ।

फाइल तस्बिर

शनिबार राति बस्तीमा पसेको आगो नियन्त्रणमा आएको छ भने जंगलको आगो अझै नियन्त्रणमा आउन सकेको छैन् ।
आगलागीबाट स्थानीय मनप्रसाद पालुङ्वा, हर्कबहादुर पालुङ्वा, राजकुमार पालुङ्वा वेदमाया पौड्याल, डम्बरबहादुर पालुङवा, धनप्रसाद पालुङवाको घर जलेर नष्ट भएको छ ।

आगलागी भएका घरमध्ये मनप्रसाद पालुङ्वा, हर्कबहादुर पालुङ्वा, राजकुमार पालुङ्वा र वेदमाया पौड्यालको घर पूर्णरूपमा जलेको छ । उनीहरूको सम्पूर्ण धनमाल जलेर नष्ट भएको छ ।

आगलागीका कारण के कति क्षति भयो भन्ने तत्काल यकिन हुन नसकेको गाउँपालिका–३ का वडा सदस्य धनबहादुर पालुङवाले जानकारी दिए ।

जंलको आगो नियन्त्रणका लागि स्थानीयवासीन्दा, इलाका प्रहरी कार्यालय गोपेटार, इलाका प्रहरी कार्यालय अमरपुर, जिल्ला प्रहरी कार्यालय फिदिम, विष्णु दल गण जोरपोखरीबाट गएको टोली प्रयास गरी रहेको छ ।


  •  
  •  
  •