कार्पेट गोदाममा लागेको आगो नियन्त्रणमा

57
  •  
  •  
  •  

काठमाडौं, २८ माघ(ओएनएस) : ललितपुरको भैंसेपाटी–२५ मा रहेको बीएनआरओ ट्रेडर्सको गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ ।

घटनास्थलमा खटिएका ललितपुर प्रहरी परिसरका डीएसपी अपिलराज बोहराले आगो नियन्त्रणमा आएको बताए ।
कार्पेट राखिएको गोदाममा दिउँसो करिब १ बजेतिरबाट आगलागी सुरु भएको थियो ।
आगलागी भएको खबर आएलगत्तै काठमाडौं र ललितपुर महानगरपालिकासहित नेपाली सेना, नेपाल प्रहरी र

सशस्त्र प्रहरीको दमकल त्यहाँ पुगेको थियो । ट्रेडर्सका सञ्चालकले करिब ४ करोड रुपैयाँ क्षति भएको बताएका छन् ।
आगलागीबाट सम्पूर्ण सामान जलेर नष्ट भएको छ ।


  •  
  •  
  •