आगजनीमा कम्तीमा २३ को मृत्यु

250
  •  
  •  
  •  

एजेन्सी । जापानको क्योटो शहरस्थित एक एनिमेशन स्टुडियो आगलागीबाट कम्तीमा २३ जनाको ज्यान गएको छ ।
क्योटो अग्नि नियन्त्रण विभागका अनुसार क्योटो एनिमेसन कम्पनीको भवनमा आगजनी गरिएको हो ।

क्योटो प्रहरीका अनुसार एक जना व्यक्ति स्टुडियोमा छिरेर ‘पेट्रोलियम पदार्थ’ फ्याँकेका थिए ।
४० को हाराहारीका उमेर रहेका ती व्यक्तिको परिचय खुलाइएको छैन । घाइते भएका उनलाई अस्पताल लगिएको छ ।
क्योटो अग्नि नियन्त्रण विभागका अनुसार आगलागीमा अन्य ३६ जना घाइते भएका छन् ।

घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको छ । जापानी सञ्चार माध्यमहरुका अनुसार आगजनी भएको बेला स्टुडियोभित्र झण्डै ७० जना थिए ।

स्थानीय समयअनुसार बिहान साढे १० बजे स्टुडियोमा आगो लागेको थियो । स्थानीयले खबर गरेपछि प्रहरी तथा दमकल आएको थियो । ४८ ओटा दमकलको सहयोगमा आगो निभाइरहेको हो ।

सन् १९८१ मा स्थापना भएको क्याटो एनिमेशनले एनिमेशन र एनिमेटेड उपन्यास, कमिक्स तथा पुस्तक प्रकाशन गर्दै आएको छ । क्योटो एनिमेशनले ‘के–अन’ र ‘हारुही सुजुमिया’ जस्ता लोकप्रिय टीभी सिरिज पनि बनाएको छ ।


  •  
  •  
  •