नगरपालिकाको गाडीमा आगजनी

510
  •  
  •  
  •  

अछाम, १ जेठ(ओएनएस) : अछामको मंगलसेन नगरपालिकाको गाडीमा आगजनी गएको छ ।
नगरपालिकाको बा २ झ ३६९४ नम्बरको गाडीमा मंगलबार राति अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।

आगजनीबाट गाडी पूर्णरुपमा ध्वस्त भएको छ । नगरपालिका परिसरमै पार्किङ गरी राखिएको गाडीमा आगजनी भएको खबर पाउनेबित्तिकै प्रहरी टोली परिचालन गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले आगजनी गर्नेको खोजी भइरहेको छ ।

स्थानीयवासीले गाडीमा आगजनी भएको प्रहरीलाई जानकारी गराएका थिए । पार्किङ गरेर राखिएको गाडी योजनाबद्ध ढंगले आगजनी गरेको हुनसक्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश ढुंगानाले बताएका छन् ।

सोही ठाउँमा पार्किङमा राखिएको टिपरलगायत अन्य सरकारी गाडीलाई केही पनि नगरेको उनको भनाइ छ ।नगरप्रमुख पदमबहादुर बोहरा चढ्ने उक्त गाडी नगरपालिकाले करिब एक वर्षअघि एक करोड २० लाख रुपैयाँमा खरीद गरेको थियो ।

 


  •  
  •  
  •