जेसिबीमा आगजनी

359
  •  
  •  
  •  

नवलपरासी, १२ वैशाख(ओएनएस) : पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ सुनटाँडीमा ना १ क ७०३९ नम्बरको डोजर (जेसिबी)मा आगजनी भएको छ ।

बुधबार राति भएको आगजनीबाट डोजर जलेर नष्ट भएको छ । विनयी त्रिवेणी–२ सुनटाँडीमा सोनु लामालगायतको संयुक्त नाममा रहेको बिनयी बालुवा प्रशोधन केन्द्रको नाममा रहेको केन्द्रको कम्पाउण्ड भित्रै रहेको जेसिवीमा आगजनी भएको हो ।

आगलागीबाट जेसीबी पूर्णरुपमा ध्वस्त भएको प्रहरीले जनाएको छ । आगो किन र कसले लगाइदिएको अझसम्म खुल्न नसकेको र घटना अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •