अज्ञात समूहद्वारा डोजरमा आगजनी

893
  •  
  •  
  •  

कञ्चनपुर, २७ फागुन (ओएनएस) : कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरीस्थित महाकाली गौरव विल्र्डसको क्रसर उद्योगको जेसिभीमा अज्ञात समूहले आगजनी गरेको छ ।

फाइल तस्बिर

क्रसर उद्योगमा राखिएको ४५ लाख मूल्य पर्ने से १ क २५८ नम्बरको जेसिभीमा सोमबार बिहान आगजनी गरिएको हो । इलाका प्रहरी कार्यालय गुलरीका अनुसार पेट्रोल छर्केर जेसिभीमा आगजनी गरिएको छ ।

घटनास्थलबाट प्रहरीले क्रसर उद्योग मापदण्डविपरीत सञ्चालन भएको, मजदूरको श्रम शोषण गरेको र इनक्लाब जिन्दावादलगायतका कुरा उल्लेख भएको पर्चा बरामद गरेको छ ।

क्रसर उद्योगका सञ्चालक प्रमानन्द कपाडीले पर्चामा उल्लेख भएअनुसारको कुनै पनि कार्य उद्योगमा नगरिएको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले आगजनी गर्ने समूहको खोजी भइरहेको बताए ।


  •  
  •  
  •