गाउँपालिकाका अध्यक्षको गाडीमा आगजनी

343
  •  
  •  
  •  

रोल्पा, २२ फागुन(ओएनएस) : रोल्पाको गंगादेव गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्रीको गाडीमा अज्ञात समूहले आगजनी गरेका छन् ।

मंगलबार रातिदेखि शुरु भएको स्थानीय मेलाको उद्घाटन गरी त्यहीँ बास बसेका अध्यक्ष खत्रीले ४ नम्बर वडा कार्यालय म्वालेखोलामा पार्कीङ गरीराखेको भे १ ज २७८५ नम्बरको बोलेरो जीपमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

रोल्पाका प्रहरी नायब उपरीक्षक दीपक खड्काले घटनाको थप अनुसन्धान भइरहेको बताए ।  यस्तै रोल्पाको त्रिवेणी गाउँपालिकाको कार्यालयमा पनि मंगलबार राती तोडफोडको प्रयास भएको छ । अज्ञात समूहले ढुंगा प्रहार गर्दा गाउँपालिका कार्यालयको झ्यालका सिसा फुटेको प्रहरीले बताएको छ ।


  •  
  •  
  •