पिटीए तथा पिडीएको विरोधमा नेकपा माओवादी

363
  •  
  •  
  •  

काठमाडौं, २१ भदौं (ओएनएस)ः नेकपा माओवादी विद्युत व्यापार सम्झौता  तथा परियोजना विकाश सम्झौताको विरोध गर्ने बताएको छ ।

शनिवार केन्द्रीय कार्यालय बुद्वनगरमा बसेको बैठकले राष्ट्रिय हित विपरीत उर्जा व्यापारको नाममा गरिएको पिटिए सम्झौता र जलस्रोत विकासको नाममा माथिल्लो कर्णाली परियोजना सम्बन्धी पिडिए विरुद्व विरोध तथा सङ्घर्षका कार्यक्रम गर्ने बताएको छ ।

विरोध कार्यक्रमको सुरु आगामी मङ्गलवार सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुमा विरोध प्रदर्शन सहित विरोध पत्र दिने बताएको छ ।

त्यस्तै यही  भदौ २७ गते काठमाडौंमा सिंहदरबारको दक्षिण गेटमा र अन्य जिल्लामा प्रमुख जिल्ला अधिकारीको कार्यालयमा धर्ना बसी विरोध प्रदर्शन गर्ने र विद्युत व्यापार सम्झौता पत्र जलाउने ।

बाँकी उच्च प्रकारका सङ्घर्षका कार्यक्रमहरु अर्को बैठकले निर्णय गरी सार्वजनिक गर्ने  केन्द्रिय सचिव देव गुरुङले बताए ।


  •  
  •  
  •