माओवादीसहित ३९ दल पिडीए तथा पिटीएको विरोधमा

79
  •  
  •  
  •  

काठमाडौं, २ असोज (ओएनएस) ः ९ सय मेगावाटको माथिल्लो कणार्ली जलविद्युत आयोजना विकास सम्झौता (पीडीए ) बिहीवार हुने तयारी भइरहेको छ । भारतीय राजदुत रञ्जीत रे जीएमआर अधिकारीसहित प्रधानमन्त्रि कार्यलयमा छन् ।

यसैविच नेकपा माओवादीसहितका ३९ दलले भारतीय कम्पनी जिएमआरसँग हुन लागेको पिडीए तथा भारतसँग हुनलागेको पीटीए नगर्न माग गरेका छन् । २९ दलले विहीवार एक विज्ञप्ति निकाली उक्त सम्झौता रोक्न माग गरेका हुन । सम्झौता राष्ट्रका हित विपरित भएकोले रोक्नपर्ने  ।

प्रधनमन्त्रीको नेतृत्वमा नेपाली कांग्रेस तथा एमालेका मन्त्रीहरु समेत रहेको नेपाल सरकारको लगानी बोर्डले भारतको जिएमआर कम्पनीसंग गर्न आटेको पिडीएले देशभक्त नेपालीलाई स्तव्ध पारेमो छ विज्ञप्तिमा भनिएको छ ।

सो निर्णयको घोर विरोध एवं भत्र्सना गर्दै निणर्यलाई अबिलम्व खारेज गरियोस भनी नेपाल सरकारसँग माग गर्दछौं ।’

साथै उनीहरुले पिटीए र पिटीएबाट हुनसक्ने सम्पूर्ण दुष्परिणामहरुको जवाफदेही नेपाल सरकार हुनुपर्ने बताएका छन् ।


  •  
  •  
  •