उत्सव बत्ती नबाल्ने आग्रहमा व्यवसायीको आपत्ती

197
  •  
  •  
  •  

काठमाडौं, ५ कात्तिक (ओएनएस) : नेपाल विद्युत प्राधिकरणले दिपावलीमा उत्सव वत्ति नवाल्न गरेको अग्रहप्रति नेपाल विद्युत व्यवसायी महासंघले आपत्ति व्यक्त गरेको छ ।  साँझ ५ बजेदेखि १० बजेसम्म उत्सव वत्ति बालेमा विद्युत सेवा बन्द गर्ने धम्की गैरजिम्मेवारीपूर्ण भएको बताएको छ ।

व्यवसायीले कर तिरेर  ल्याएको सामान विक्रीमा प्रतिकुल वातावरण सिर्जना भई व्यवसायीको लगानी जोखिममा पर्नुका साथै नागरिक मौलिक संस्कृति मनाउनबाट वञ्चित हुने बताइएको छ ।

साथै प्राधिकरणले जारी गरेको सूचनालाई यथाशिघ्र सुधार गर्न मा गरेको छ । महासंघका अध्यक्ष महेन्द्र राठीले प्राधिकरणको सो उर्दी गुन्डागर्दी शैलीको भएको बताए । यसप्रकारको उर्दीले नेपालीको चाडपर्व मनाउन पाउने अधिकारलाई कुण्ठित गर्नुका साथै वयापारमा असर गरेकोले विदुत नियमित दिन आग्रह गरेका छन् ।


  •  
  •  
  •