रिहाना फेरि उनको पूर्वप्रेमी ड्रेकको मायाको घेरामा

122
  •  
  •  
  •  

गायिका रिहाना फेरि उनको पूर्वप्रेमी ड्रेकको मायाको घेरामा परेकी छिन्। उनी हालै पूर्वप्रेमिकाका रूपमा रहेका ड्रेकको साथमा एक पार्टीमा मस्ती गरिरहेकी भेटिइन्। उनीहरू केही समयअघि अलग्गिएको समाचार बाहिरिएको भए पनि उनीहरू यसपाली फेरि एकसाथ देखिएका हुन्।

हालै मात्र उनीहरू न्युयोर्कमा रातको समयमा देखा परेका हुन्। रातको करिब ३ बजे उनीहरू एक नाइट क्लबबाट निस्किएका थिए भने त्यसअघि उनीहरूले झन्डै २ घण्टाको समय सँगै बिताएका थिए। ड्रेकले १ महिनाअघि पनि रिहानासँग प्रेम सम्बन्धमा रहेको संकेत दिएका थिए।

रिहानाले आफ्नो छालाको सुरक्षाका लागि मादक पदार्थ सेवनमा कटौती गरेको पनि खुलासा गरेकी छिन्। उनले यसका लागि पानीको सेवन बढाएको बताएकी छिन्। ‘मलाई जब मेरो छालाको चमक हराउँदै जान थालेको महसुस भयो तब मैले रक्सी पिउन छोडेर पानी पिउन थालेको छु –रिहानाले भनेकी छिन्।

 


  •  
  •  
  •