काठमाडौँ, ५ चैत(ओएनएस) : एमाओवादीका सांसद ल्यारक्याल लामालाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
प्रशासनले अनुसन्धानका लागि भन्दै थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो । प्रहरीले लामालाई म्याद थपका लागि प्रशासनसमक्ष प्रस्तुत गरेको थियो । यसअघि अनुसन्धानका लागि ५ दिन म्याद दिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति छानविन गर्ने क्रममा इन्भेष्टमेन्ट बैंकको दरबारमार्ग शाखामा रहेको लामाको लकरमा १४ थान गोली भेटिएको थियो ।
लगतै अख्तियारले लामालाई प्रहरीको जिम्मा लगाएको थियो ।