काठमाडौ, २४ भदौ (ओएनएस) : गृहयुद्धले ग्रस्त सामोलियामा खटिएका अफ्रिकी सैनिकले भोका महिलामाथि कसरी योन शोषण गर्दछन् भन्ने एउटा रिपोर्टले तरंग ल्याएको छ । तर उनीहरु महिलामाथि बलात्कार सित्तैमा गर्दैनन् ।
ह्यूमन राइट्स वाचका अनुसार अफ्रिकी सैनिकले खाना वा औषधि दिएर महिलामाथि बलात्कार गर्ने गरेका छन् । रिपोर्टमा लेखिएअनुसार सुरुमा सैनिकहरुले भोका महिलालाई खाना, औषधि वा पैसा दिने गर्दछन् र त्यसपछि शारिरीक सम्बन्ध राख्ने गरेका छन् ।
रिपोर्ट सार्वजनिक भएपछि पनि अफ्रिकी युनियनले भने कुनै प्रतिक्रिया दिएको छैन । अफ्रिकी युनियनमा ६ देशका संयुक्त सेना छन् । जसमा करिव २२ हजार छन् । अफ्रिकी युनियनका सैनिकहरु सन् २००७ देखि सोमालियामा अल कायदा समर्थित अल शबाब नामको आतंककारी समूहसँग संघर्ष गरिरहेको छ । अफ्रिकी युनियन सेनालाई अमेरिका, यूरोपियन यूनियन, ब्रिटेन र संयुक्त राष्ट्रसंघले आर्थिक सहयोग गरिरहेको छ ।
रिपोर्टअनुसार अफ्रिकी युनियनका सैनिकहरु सोमालियाली बिचौलियाको भरमा महिलासँग शारीरिक सम्बन्ध राख्ने गरेका छन् । उनीहरुले सैनिक इलाकामा उपचार र पानी लिन आएका महिलालाईसमेत यौन शिकार गर्ने गरेका छन् । ह्यूमन राइट्स वाचको रिपोर्टका अनुसार रिपोर्ट २१ महिलाको कुराकानीमा आधारित छ । एकजना १२ वर्षकी बालिकाले युगाण्डाका एक जना सैनिकले आफूलाई बलात्कार गरेको उल्लेख गरेकी छन् । उनी बिरामी भएर उपचारका लागि सैनिक क्याम्पमा रहेकाबेला बलात्कृत भएकी हुन् ।
सन् २०११ म भयंकर भोकमरी भएपछि राजधानी मोगादिशुको ग्रामीण इलाका छाडेर ठूलो संख्यामा स्थानीयहरु क्याम्पमा आएका थिए । यति गम्भीर विषयमा पनि महिलाहरुले उजुरी दिएका छैनन्, कारण– समाज, परिवार र इस्लामी विद्रोही संगठन अल–शबाबको डर छ ।