गिनी (एजेन्सी) : अफ्रिका कप अफ नेसन्समा घाना र गिनीबीचको सेमिफाइनलमा घरेलु समर्थकले घानाका खेलाडीमाथि हिंसात्मक प्रहारपछि खेल अवरुद्ध हुनका साथै मैदान रणभूमिमा परिणत भएको छ ।
करिब ३० मिनेटको खेल अवरुद्ध भएपछि खेल मैदान युद्धभूमिजस्तो देखिएको थियो । भीड तितरबितर गर्न सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गर्नुका साथै हेलिकोप्टरसमेत प्रयोग गरेका थिए । घरेलु समर्थकले घानाका खेलाडीमाथि बोटल प्रहार गर्न थालेपछि ८२औं मिनेटमा खेल अवरुद्ध हुन पुगेको थियो ।
पहिलो हाफमा २–० को अग्रता लिएको घानाले ७२औं मिनेटमा तेस्रो गोल गर्न सफल भएको थियो । मैदानमा भएका वस्तु हटाइएपछि सुरु खेलमा घाना ३–० ले विजयी भयो । घानाले अब उपाधिको लागि आइभरी कोस्टसँग प्रतिस्पर्धा गर्नेछ ।