काठमाडौं, ८ मंसिर (एजेन्सी) : अफगानिस्तानमा आइतबार भएको आत्माघाती बम आक्रमणमा कम्तिमा ४५ जनाको मृत्यु भएको छ ।
पुर्वी अफगानिस्तानमा भलिबल प्रतियोगिता भइरहेको स्थानमा आक्रमण भएको थियो । आक्रमण किन र कसले गराएको भन्ने बारेमा अझै खुल्न सकेको छैन । घटनामा थप ६० जना घाइते छन् ।
अफगान सरकारले अमेरिकी नेतृत्वको नेटो गठबन्धनसंग सम्झौता गरे लगत्तै याख्खाखाली जिल्लामा भएको आक्रमण भएको छ ।
सुरक्षा, सल्लाह र सहयोगका लागि भन्दै नेटोले अफगान सरकारलाई १२ हजार सैनिक उपलब्ध गराउने सहमति यही हप्ता गरिएको थियो ।
Comments are closed.