अफगानिस्तान: महिलालाई टेलिश्रृङ्खला र नाटकमा अभिनय गर्न बन्देज

66
  •  
  •  
  •  


एजेन्सी । अफगानिस्तानमा तालिबानले महिलालाई टेलिश्रृङ्खला र नाटकमा अभिनय गर्न नपाउने नियम बनाएको छ ।
तालिबान सरकारले महिलामाथिको प्रतिबन्ध विस्तार गर्दै सो नियम ल्याएको हो । यस्तै पत्रकार महिला तथा समाचार वा अन्य कार्यक्रम प्रस्तोतालाई पनि टेलिभिजनमा प्रस्तुत हुँदा अनिवार्य रुपमा टाउको छोप्ने कपडा लगाउनु पर्ने नियम बनाएको बीबीसीले जनाएको छ ।

गएको अगस्टमा अफगानिस्तानको सत्ता नियन्त्रणमा लिएको तालिबानले सुरुमा महिलाको स्वतन्त्रता र अधिकारको रक्षा गर्ने बताएको थियो । तर अहिले एकपछि अर्को गर्दै तालिबानले महिला लक्षित कडा प्रतिबन्धात्मक नियम लागू गरिरहेको छ ।


  •  
  •  
  •