काठमाडौ, १८ पुस(एजेन्सी) : नयाँ वर्षमा अफगानिस्तानले आफ्नो सुरक्षा आफैले सम्हालेको छ । विगत १३ वर्षदेखी अमेरिकी नेतृत्वको नेटो सेनाले अफगानिस्तानको सुरक्षा सम्हाल्दै आएको थियो ।
देशको सुरक्षा सम्हाल्दै राष्ट्रपति असरफ गनीले भने, ‘अब हामी पूर्ण रूपमा सक्षम छौ । आफ्नो सुरक्षाको जिम्मा लिन सक्छन् । देशको सुरक्षाको जिम्मेबारी अब अफगान सुरक्षा बलका ३.५ लाख जवानहरूको हुनेछ ।’ नयाँ व्यवस्थाका अनुसार नाटोका करिब १३ हजार सैनिक अफगानिस्तानमा रहने छन् । तर, उनीहरू सोझे कुनै संघर्षमा जाने छैनन् । नेटो सेनाले अफगान सुरक्षा बललाई ट्रेनिंग र अन्य सहयोग गर्ने छ । अमेरिकाले ९/११ को हमलापछि अल कायदा र ओसामा बिन लादेनको खोजीमा अफगानिस्तानमाथी हमला गरेको थियो ।
अमेरिकाले सन् २००१ मा यहाँको तालिबानी सरकारलाई अपदस्थ गरेको थियो । तालिबान सन् १९९६ देखी सत्तामा थियो । सन् २००१ देखी नै अमेरिका नेतृत्वको अन्तराष्ट्रिय सुरक्षा सहयोग बल(आईएसएएफ) को सेना अफगानिस्तान रहँदै आएको थियो । यी १३ वर्षमा सुरक्षा बलका ३ हजार ४ सय ८५ सैनिक मारिएका थिए । अमेरिकाले लादेनलाई पाकिस्तानमा मारेको थियो । पछिल्लो वर्ष नोभेम्बरसम्म अफगानिस्तानका ३ हजार १ सय ८८ नागरिक मारिएका थिए भने ६ हजार ४ सय २९ घाइते भएका थिए ।