विश्वकपमा पहिलो जीतमा अफगानी यसरी मनाए खुसी…(तस्वीरसहित)

154
  •  
  •  
  •  

काठमाडौ, १५ फागुन(एजेन्सी) : आइसीसी विश्वकप क्रिकेट २०१५ मा पहिलो पटक सहभागी भएको अफगानिस्तान क्रिकेट टोलीले बिहिबार भएको विश्वकपमा पहिलो जीत हासिल गरेपछि अफगानिस्तानमा खुसी मनाइएको छ ।

अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले पनि ट्वीट गरेर आफ्नो टोलीले विश्वकपमा पहिलो जीत दर्ता गरेकोमा बधाई दिएका छन् । अफगानिस्तानको विश्वकपमा ऐतिहासिक पहिलो जीतमा विश्वभरमा रहेका अफगानीहरूले खुसी मनाएका छन् । अफगानिस्तानको राजधानी काबुल र जलालाबादका साथै पक्तिया र कन्दार प्रान्तमा पनि मानिसहरूले नाँचगान गरेर जीतको खुसी मनाएका छन् ।

अफगानिस्तानले बिहिबार भएको सनसनीपूर्ण खेलमा स्कटल्याण्डलाइ पराजित गरेको थियो । युनिभर्सिटी ओभ॥मा भएको आफ्नो तेस्रो खेलमा स्कटल्याण्डले दिएको २ सय ११ रनको विजय लक्ष्य ३ बल बाँकी रहँदा पूरा गर्दै विश्वकपमा पहिलो विजय हासिल गरेको थियो ।

हेरौ अफगानीहरुले मनाएको खुसी तस्विरमा…

afghan-cricket-fans-celebrate-teams-historic-win afghan-cricket-fans-celebrate-teams-historic-win1 afghan-cricket-fans-celebrate-teams-historic-win2 afghan-cricket-fans-celebrate-teams-historic-win3 afghan-cricket-fans-celebrate-teams-historic-win4 afghan-cricket-fans-celebrate-teams-historic-win5


  •  
  •  
  •