आफगानिस्तान र भुटानका सरकार प्रमुख काठमाडौंमा

114
  •  
  •  
  •  

काठमाडौं ९ मंसिर (ओएनएस) :  दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १८ औं शिखर सम्मेलनमा भाग लिन श्रीलंकन राष्ट्रपति महिन्दा राजापाक्षेपछि अफगानिस्तानका राष्ट्रपति असरफ घानी र भुटानका प्रधानमन्त्री छिरिङ टोब्गे काठमाडौं आइपुगेका छन् ।
बिहान ११:१० त्रिभुवन विमानस्थलमा ओर्लिएका घानीलाई उपप्रधानमन्त्रीहरु वामदेव गौतम र प्रकाशमान सिंहले स्वागत गरे । उनको सम्मानमा नेपाली सेनाले राष्ट्रिय गानसहित सलामी अर्पर्ण गरेका थिए ।

अफगानिस्तानका राष्ट्रपतिलाई विमानस्थलदेखि होटल सोल्टीसम्म पु¥याउँदा उबाटो पूरै खाली गरिएको छ । घानीपछि भुटानका प्रधानमन्त्री टोब्गे काठमाडौं अवतरण गरे । टोब्गे ११:३० बजे  त्रिभूवन विमानस्थलमा ओलिर्एका हुन् । उनलाई उपप्रधान एवं गृहमन्त्री वामदेव गौतम, पर्यटन मन्त्री दीपकचन्दं अमात्य, मूख्यसचिव लीलामणि पौडेललगायतले स्वागत गरे ।

उनको सम्मानमा नेपाली सेनाले राष्ट्रिय गानसहित सलामी अर्पण गरेका थिए । भुटानको पिपुल्स डेमोक्र्टिक पार्टीका नेतासमेत रहेका छिरिङ टोब्गे गत जेठमा पनि नेपाल आएका थिए । यसअघि श्रीलंकाका राष्ट्रपनि काठमाडौं अवतरणपछि लुम्बीनी पुगिसेका छन् ।


  •  
  •  
  •