अफगानिस्तानका उपराष्ट्रपतिमाथि आक्रमण

388
  •  
  •  
  •  

अफगानिस्तान : अफगानिस्तानका उपराष्ट्रपति अब्दुल राशिद दोस्तममाथि तालिवानले सांघातिक आक्रमण गरेको छ ।

बल्ख प्रान्तमा भएको आक्रमणमा दोस्तम भने बाँच्न सफल भएका छन् । आक्रमणमा उनका एक अंगरक्षकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

तालिवानले दोस्तममाथि दोस्रोपटक आक्रमण गरेको हो । गत जुलाईमा काबुल विमानस्थलमा भएको आत्मघाति आक्रमणमा पनि उनी बाँचेका थिए । दोस्तम अफगानिस्तानमा विवादित छविको नेता मानिन्छन् ।

उनीमाथि प्रतिस्पर्धी नेताहरुको अपहरणसँगै बलात्कार लगायतका आरोप छन् । दोस्तम सन् २०१४ देखि मात्रै राजनीतिमा लागेका हुन् ।


  •  
  •  
  •