अफगानिस्तानमा कार बम आक्रमण, १७ जनाको मृत्यु, ३० घाइते

49
  •  
  •  
  •  

एजेन्सी । अफगानिस्तानको लागोर प्रान्तस्थित पाउल ए सिटी सहरमा भएको कारबम आक्रमणमा १७ जनाको ज्यान गएको छ । सो सहरमा सरकारी सेवा लिनका लागि लाम लागेर बसेका सर्वसाधारणलाई लक्ष्यगरी कारबम आक्रमण भएको हो।

सो आक्रमणमा परी कम्तीमा पनि १७ व्यक्तिको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घटनामा परी दर्जनौ व्यक्ति घाइते भएका छन् । उनीहरुलाई उपचारार्थ अस्पताल लगिएको बताइएको छ । यस आक्रमणको हालसम्म कुनैपनि समूहले जिम्मा लिएको छैन । तालिबान आतङ्ककारी समूहले पनि यस आक्रमणको अस्विकार गरेका छन् ।

यसअघि पनि गत माहिनामात्र रमाजानको अवसरमा सोही कार्यालयमा भएको रक्तपातपूर्ण हमलामा २० जनाको ज्यान गएको थियो । उक्त बम हमलामा परी भौतिक क्षति पनि पुगेको अफगानिस्तानको गृह मन्त्रालयलाई उद्धृत गर्दै टोलो समाचारले जनाएको छ ।

उक्त समाचारले अहिलेसम्म सो हमलाको कसैले पनि जिम्मेवारी नलिएको जनाएको छ । तर सुरक्षाबल र सरकारी कर्मचारीलाई लक्ष्यगरी भीषण आक्रमण गर्ने घोषणा गर्ने गरेका तालिवानी आतंककारी समूहले नै यो आक्रमण गरेको अनुमान प्रहरीको रहेको छ ।

यस आक्रमणमा मृत्यु भएका व्यक्तिहरु सबै सर्वसाधारण नै रहेका अफगान सरकारको गृह मन्त्रालयले जानकारी दिएको छ ।


  •  
  •  
  •