अफगानिस्तानमा हेलिकोप्टर दुर्घटना, दुई अमेरिकी सैनिकको मृत्यु

80
  •  
  •  
  •  

एजेन्सी । अफगानिस्तानमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा कम्तीमा दुई अमेरिकी सैनिकको मृत्यु भएको छ ।
नेटोआवद्ध गठबन्धन सेनाका अनुसार हेलिकोप्टर दुर्घटनाको कारणको अनुसन्धान भइरहेको छ ।

प्रारम्भिक अनुसन्धानबाट शत्रुले आक्रमण गरेको कुनै संकेत देखा नपरेको समाचारमा जनाइएको छ ।
अमेरिकी रक्षा मन्त्रालयको नितीअनुसार यस समाचारको विस्तृत विवरणलगायत मारिएका व्यक्तिहरुको परिचय भने खुल्लाइएको छैन् ।

यसैबीच अफगान सरकार र गठबन्धनसेनासँग लडिरहेका तालिबानी लडाकू समूहले पूर्वी लोगर प्रान्तमा भएको यस हेलिकोप्टर दुर्घटना गोली हानेर खसालेको दाबी गरेका छन् ।

तालिबानीका कट्टर प्रवक्ता जबीउल्लाह मुजाहिदले ट्विटरमार्फत अमेरिकी हेलिकप्टरले लोगारको चर्ख जिल्लाको पानग्राम इलाकामा लडाकूहरुको आखाडा आक्रमण गर्न खोजेका बताएका छन् ।


  •  
  •  
  •