आत्मघाती बम आक्रमणमा ५ जनाको मृत्यु

458
  •  
  •  
  •  

एजेन्सी : पूर्वी अफगानिस्तानस्थित अमेरिका र नेटो आबद्ध संयुक्त गठबन्धन सेनाको बाग्राम हवाई अखाडा नजिकै आत्मघाती बम आक्रमण भएको छ ।

आक्रमणमा पाँच जनाको मृत्यु भएको छ । अधिकारीहरुले मंगलबार दिएको जानकारी अनुसार बम आक्रमणमा मृत्यु हुनेमा तीन अमेरिकी सैनिक, एक अमेरिकी ठेकेदार र एक आतंककारी समूहका सदस्य रहेका छन् ।

बाग्राम हवाई अखाडा नजिकै भएको आक्रमणमा घाइते भएका अन्य अमेरिकी सैनिकलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ ।

पार्वान प्रान्तको बाग्राम जिल्लाको पुल ए बरिकमा भएको आक्रमणमा बाटो हिँडिरहेका पाँच बटुवा घाइते भएको अफगान जिल्ला प्रमुखले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।

स्थानीय समयानुसार सोमबार साँझ आक्रमण भएको थियो । घाइते भएका सर्वसाधारणलाई नजिकैको सरकारी अस्पताल लगिएको प्रहरी प्रमुख नकिब खोहस्तिनीले बताएका छन् ।

अफगानिस्तानको राजधानी काबुलबाट करिब ५० किलोमिटर उत्तरमा रहेको बाग्राम हवाई अखाडा नजिकै अमेरिकी र नेटो सैन्य शिविर रहेको छ ।


  •  
  •  
  •