अफगानिस्तानले लियो विश्वकपमा हारेको बदला

691
  •  
  •  
  •  

[highlight]काठमाडौं, २४ वैशाख (ओएनएस) :  एक सय ८ रनले हराउँदै चिर प्रतिद्वन्द्वी अफगानिस्तानले नेपालविरुद्ध उत्कृष्ट पुनरागमन गरेको छ । हालै बंगलादेशमा सम्पन्न २०–२० विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानसँगको लगातारको हार श्रृखंला तोडेको थियो । [/highlight]
तर एसीसी प्रिमियर लिगको बुधबार सम्पन्न अन्तिम खेलमा नेपाल निरिह भयो । अफ्गानिस्तानले उत्कृष्ट खेल प्रदर्शन गर्यो ।
टस हारेर पहिले व्याटिङ गरेको अफ्गानिस्तानले ४९.३ ओभरमा सबै विकेट गुमाएर दुई सय ६२ रन बनाएको थियो । तर खेल वर्षाले प्रभावित भएपछि डकवर्थ–लुईस नियमका आधारमा नेपाललाई ३२ ओभरमा दुई सय ३७ रनको लक्ष्य दिइएको थियो । तर नेपालले ३२ ओभरमा ९ विकेट गुमाएर मात्र एक सय २८ रन बनाउन सक्यो ।
अफ्गानिस्तानले सामान्य स्कोर खडा गरेपनि उक्त लक्ष्य पछाएका नेपाली ब्याट्सम्यान क्रिजमा जम्नै सकेनन् । नेपालका छ जना व्याट्सम्यान दोहोरो अंक नै बनाउन नसकी आउट भए । शरद भेष्वाकरले खाता नै खोल्न पाएनन् । टिमका नयाँ सदस्य आरिफ सेखले २० बल सामना गरेर मात्र १ रन बनाएर आउट भए ।
कप्तान पारस खड्काले जोडेको ३३ रन नेपाली टिममा व्यक्तिगत ठूलो स्कोर भयो । अन्त्य तिर गएका शक्ति गौचनले १९–१९ रन बनाए ।
जीत सँगै अफ्गानिस्तान पहिलो पटक आयोजना भएको एसीसी प्रिमियर लिगको च्याम्पियन भयो । प्रतियोगितामा नेपाल र अफ्गानिस्तान सहित आयोजक मलेसिया, यूएई, हङकङ र ओमान सहभागी भएका थिए ।
doasdda  ddkd ddiodisdao diod aoid asdio doid saiods diod oid sdioasd asoid oidd od
asdoiasd asoid asoidas d
asidosad oisad iosadasod as
asiodasodi asiod asod asod
asodnas oidas oidsadoiasdiasdosa
Hello next line
sadoisad saoid saoidosaid
asdoisad oisadsaoidasdoas

[facebook][tweet][Google][feedburner name=”Feed Name”][pinterest][follow id=”Username” ][facebook][tweet][digg][stumble][Google]


  •  
  •  
  •