आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा उपसचिव पक्राउ

245
  •  
  •  
  •  

काठमाडौं । आफ्नै १८ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव पक्राउ परेका छन् ।

ललिपतपुर प्रहरीले १८ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बाबुलाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा यादव थरका एक उपसचिव रहेका छन् ।

ललितपुरको धोवीघाटबाट उनलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।  यादवले छोरीलाई पटक–पटक जबरजस्ती यौन सम्बन्ध राखेको खुलेपछि प्रहरीले पक्राउ गरेको हो ।

उनलाई सोमबार पक्राउ गरिएको हो । छोरी कक्षा १२ मा अध्ययनरत छिन् ।  जेठ १९ गते आमाछोरीले नै घटना बाहिर ल्याएका थिए ।

उपसचिव यादवलाई पक्राउ गरिएको र अनुसन्धान जारी रहेको ललितपुर परिसरका प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकले जानकारी दिए ।


  •  
  •  
  •