बेलायतले छाड्दा के असर पर्छ बेलायत र ईयुलाई ?

751
  •  
  •  
  •  

UK-EU-flag-pinsकाठमाडौँ, १० असार(एजेन्सी) : बेलायतले युरोपेली युनियन(इयु) छाड्ने भएको छ । बेलायतमा भएको जनमत संग्रहले इयु छोड्नुपर्ने पक्षमा मत प्रस्तुत गरेपछि बेलायतले इयु छाड्ने निश्चित भएको हो । बेलायतले इयु छाडने भएपछि दोस्रो विश्वयुद्धपछि बनेको युरोपका २८ देशको एकतामा गम्भिर झड्का लागेको छ ।

यसरी बेलायतले ईयु छाड्दा बेलायत तथा ईयु दुवैलाई विभिन्न असर पर्ने निश्चित छ । लामो समयसम्म एकै देशको रूपमा रहेका ईयु सदस्यमध्ये एकले हात निकाल्दा ईयुमा त असर पर्छ नै यसले बेलायतमा पनि असर पार्छ ।

के-के असर गर्छ बेलायत र ईयुलाई यस निर्णयले ?
१. युरोपभित्रको व्यापारमा
– बेलायत : व्यापारको मूल्य बढ्न जान्छ । व्यापारको बिस्तारमा असर पर्छ । युरोपियन सप्लाई चेनमा बेलायतको स्थानमा असर पर्छ ।
– ईयु : ईयुको व्यापार बेलायतको लागि आवश्यक छ । तर, बेलायतको माग केही युरोपेली देशका लागि चिन्ताको कारण पनि हो ।

२. बसाईसराई
– बेलायत : बसाईसराईलाई लिएर नियम कडा हुन सक्छ । सन् २००५ मा बसाईसराईले बेलायतको उन्नतीमा असर गरेको छ । ईयुका करिब २२ लाख दक्ष कामदार बेलायतमा छन् । यसले बेलायतलाई थप संकट उत्पन्न गर्न सक्छ ।
– ईयु : कामदारको आपूर्ति परिवर्तन हुँदा केहि देशलाई असर पर्न सक्छ । बसाईसराईको कडा नियमका कारण कामदारलाई बेलायतमा काम गर्न अफ्ठ्यारो हुन सक्छ ।

३. विदेशी लगानी
– बेलायत : ईयुको एफडीआई ठूलो भाग यसमा मिल्छ । एफडीआईका लागि युरोपको गेटवेको रूपमा यो कमजोर हुन जान्छ ।
– ईयु : बेलायतमा स्थापित युरोपको कर्पोरेट हाउसलाई सार्नका लागि ठूलो लगानी खर्चिनुपर्ने हुन्छ । राम्रो फाइदा र व्यापारको माहोल सिर्जना गरेर बेलायतले आफ्नो राम्रो मार्केटिङ गर्न सक्छ । जसले ईयुलाई नै घाटा हुन्छ ।

४. व्यापार निती
– बेलायत : आफ्नै व्यापार निती निर्माण गर्नका लागि स्वतन्त्र हुनेछ । ट्रेड पार्टनरका रुपमा ईयुले कम ध्यान दिनेछ ।
– ईयु : बेलायतबिना ट्रेड पार्टनर बन्नका लागि आकर्षण कम हुनेछ ।

५. विदेशी हस्तक्षेप
– बेलायत : विदेशी हस्तक्षेप कम हुनेछ ।
– ईयु : विदेश निती र सैन्य सम्बन्ध गुमाउनेछ ।

सम्बन्धित समाचार :

बेलायतले युरोपेली युनियन छाड्ने


  •  
  •  
  •